![]()
काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका छन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार नयाँ दिल्लीमा पाटनर्स फोरमको कार्यक्रममा भाग लिन गएका यादव र सोही कार्यक्रममा प्रमुख अतिथी रहेका भारतीय प्रधानमन्त्री मोदीबीच भेटघाट भएको हो ।
स्वास्थ्यसँग सम्बन्धित सो कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदी र नेपालका उपप्रधानमन्त्री यादव लगायतले सम्बोधन गरेका थिए । सो कार्यक्रम विहीबार सम्म चल्ने बताइएको छ ।


