![]()
जनकपुर । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विवाह पञ्चमीमा सहभागी हुन जनकपुर आएका छन । उनलाई बिमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितका मन्त्रीहरुले स्वागत गरे ।
मुख्यमन्त्री आदित्यनाथ जनकपुर बिमानस्थलबाट सिधै जानकी मन्दिर पुगेका थिए । मन्दिरमा दर्शन र पूजापछि योगी मुख्यमन्त्री राउतले दिएको दिवाभोजमा सरिक भएका थिए । त्यहाँ उनले राजपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र अनिल झालाई भेटे ।

मुख्यमन्त्री राउतको निवास मधेश भवनमा प्रदेश २ सरकारले योगीको भव्य अभिनन्दन पनि गरेको छ । अभिनन्दनपछि रग मैदानमा आयोजित राम सीताको विवाह महोत्सवमा मुख्यमन्त्री योगी सहभागी भएका छन ।


