Breaking News.... EverestOnlineKhabar
June 27, 2026

बुद्धनगरस्थित फर्निचर उद्योगमा आगलागी, ६ करोडको क्षति

Loading

काठमाडौं ।काठमाडौंको बुद्धनगर (ललितपुरस्थित युएन पार्क नजिकै) रहेको फर्निचर उद्योगमा आगलागि हुँदा रु ६ करोड बराबरको क्षति भएको छ । दिउँसो साढे दुई बजेतिर भएको आगलागी अहिले नियन्त्रणमा आएको छ ।

आगो निभाउनका लागि काठमाडौं महानगरपालिका र भक्तपुरका गरी १० वटा दमक प्रयोग गरिएको थियो ।

घटनामा मानवीय क्षति नभएपनि विस्तृत विवरण आउन बाँकी छ । आगो नियन्त्रणमा लिन बुद्धनगर क्षेत्रमा विद्युत आपूर्ति बन्द गर्नुपरेको सम्बद्ध निकायले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.