![]()
एजेन्सी । नेपालको द्वन्द्वकालीन घटनाबारे राजनीतिक सहमति जुटाउन सत्तारुढ नेकपा र विपक्षी कांग्रेस नेताहरुको बैठक थाइल्याण्डको राजधानी बैंककमा बसेको छ । विशेषगरी संक्रमणकालीन न्यायसम्बन्धी कानूनमा सहमति जुटाउन अन्तर्राष्ट्रिय समन्वयमा नेपालका ‘राजनीतिक एक्टर’हरुलाई बैंककमा भेला गरिएको हो ।
बैठकमा उर्जामन्त्री वर्षमान पुन, उद्योगमन्त्री मातृका यादव, नेकपाका नेताहरु भीम रावल, जनार्दन शर्मा र हरिबोल गजुरेल सहभागी छन् । यस्तै प्रमुख विपक्षी नेपाली कांग्रेसका डा. मिनेन्द्र रिजाल र रमेश लेखक पनि सहभागी छन् ।
वर्षमान पुन र जनार्दन शर्मा तत्कालीन माओवादीका सैनिक कमाण्डरका हैसियतमा सहभागी गराइएका हुन् । बैठकमा नेपाली सेनालाई पनि सहभागी गराउनेबारे छलफल भए पनि सेनाको सहभागिता नहुने जानकारी शुरुमै गराइएको थियो ।बैठकमा राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेल पनि सहभागी छन् ।
त्यहाँ फिलिपिन्समा सरकार र मोरो विद्रोहीबीच सहमति गराउने विज्ञहरु पनि सहभागी हुने छन् र अनुभव आदान प्रदान गर्ने कार्यक्रम छ ।


