Breaking News.... EverestOnlineKhabar
June 26, 2026

सुजाता निवासमा लञ्च खान सिटौला र महतसंगै गगन, प्रदीप र चन्द्र पनि

Loading

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले गुटगट छलफललाई तीव्रता दिएकी छन् । केही समय अगाडि शीर्ष नेताहरुको बैठक आफ्नो निवासमा गराएकी कोइरालाले मंगलबार अर्को छलफल गराइन् । लञ्च मिटिङमा बहुसंख्यक युवा नेता थिए ।

अघिल्लो बैठकमा अनुपस्थित कृष्ण सिटौला पनि मंगलबारको छलफलमा सहभागी थिए । अर्जुननरसिंह केसी र रामशरण महतका साथै गगन थापा, चन्द्र भण्डारी, प्रदीप पौडेल, जीवन परियारलगायतका नेताहरु सहभागी भएका छन् ।

एक सहभागीका अनुसार कोइरालाले सुरुमा नै आफूले कुनै पदीय लोभका लागि छलफल नराखेको स्पष्टीकरण दिएकी थिइन् । पार्टीको औपचारिक बैठकसँगै अनौपचारिक सम्वादलाई तीव्रता दिनु पर्नेमा उनले जोड दिएकी छन् ।

नेताहरुले विधान र राजनीतिक प्रतिवेदनबारे छलफल गरेर साझा धारणा बनाउनु पर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.