Breaking News.... EverestOnlineKhabar
June 27, 2026

भारतमा ४ बर्षीया बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड

Loading

बीबीसी । भारत मध्यप्रदेशको सतनाको एक अदालतले चार वर्षकी बालिकामाथि बलात्कार गरेको आरोपमा २३ वर्षका करार शिक्षकलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

बलात्कार भएको ८१ औँ दिन अदालतले आरोपितलाई मृत्युदण्डको सजाय सुनाएको टाइम्स अफ इन्डियाले जनाएको छ । बलात्कृत चार वर्षीया बालिका गएको ८० दिनदेखि नयाँ दिल्लीको एम्स अस्पतालमा उपचाररत छन् ।

बालिकाको अवस्था अहिले पनि चिन्ताजनक रहेको छ । जिल्ला न्यायालय नागौदका न्यायाधीश दिनेशकुमार शर्माले चार वर्षीया बालिकाको अपहरण गरी बलात्कार गरेको आरोपमा २३ वर्षका महेन्द्र सिंह गोंडलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.