Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

एजेन्सी ।  पोर्चुगिज क्रिष्टियानो रोनाल्डोका लागि स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्सटको यात्रा त्यति सहज देखिएको छैन ।च्याम्पियन्स लिगमा पछिल्ला ६ सिजन सर्वाधिक गोलकर्ता बन्दै आएका र सर्वकालीन सर्वाधिक गोलकर्ता रोनाल्डोले नयाँ क्लब युभेन्टसबाट च्याम्पियन्स लिगको डेब्यु सायद जीवनभर भुल्ने छैनन्।

समूह एच अन्तर्गतको पहिलो खेलका लागि स्पेनिस क्लब भ्यालेन्सियाको मैदान पुगेको रोनाल्डोसहितको युभेन्टस टिम आशको बलियो सञ्चार थियो । तर यो खेलको पहिलो हाफ नै रोनाल्डोका लागि र उनका फ्यान अनि युभेन्टस समर्थकका लागि निकै भयानक बनेर आयो ।

रोनाल्डोले खेलको २९ औँ मिनेटमा सीधै रातो कार्ड पाए र मैदान छोड्न बाध्य भए । रोनाल्डोले च्याम्पियन्स लिगमा कुल १५४ खेल खेलेका छन् र यो पहिलो पटक हो उनी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएको छ ।

रोनाल्डोले खेलमा पहिलो हाफको मध्य तिर भ्यालेन्सियाका डिफेन्डर जिएसन मुरिलोको कपाल तानेको देखियो । बल नियन्त्रणमा लिने क्रममा थिए दुवै खेलाडी । त्यहि क्रममा भ्यालेन्सियाका डिफेन्डर मुरिलो लडे ।

रोनाल्डोले उनलाई सजिलो गराउन टाउकोमा मुसारेका थिए । तर मुरिलोलाई त्यो मन परेन छ, उनी उठेर जंगिए । रोनाल्डो हात उठाउँदै पर भए । तर रेफ्रीलाई के लाग्यो, आफ्ना सहायकसँग सल्लाह गरेर रोनाल्डोलाई सीधै रेड कार्ड देखाए ।

पाँच पटकका च्याम्पियन्स लिग विजेता रोनाल्डो चकित परे, उस्तै उनको टिमका खेलाडी र प्रशिक्षक पनि, अनि सायद अरु दर्शक ।

च्याम्पियन्स लिगका कीर्तिमानी गोलकर्ता रोनाल्डो रेफ्रीको निर्णयमा आक्रोशित देखिए । विरोध गरे र आफ्नो निर्दोषताको प्रमाण दिन खोजे अनि अन्ततः मैदानबाट आँसु पुच्छदै बाहिरिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.