Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

बीबीसी । शिखर बैठकका लागि प्योङयाङ पुगेका दक्षिण कोरियाली राष्ट्रपति मून जे-इन बिहीबार उत्तर कोरिया र चीनको सीमा क्षेत्रमा अवस्थित बेक्दु पर्वत आरोहण गर्दैछन्। उनीसँगै उत्तर कोरियाली नेता किम जङ-अन पनि पर्वतारोहणमा सहभागी हुँदैछन्।

सो पर्वतलाई कोरियालीहरू आफ्नो आध्यात्मिक जन्मथलो मान्दछन्। पर्वातारोहणसँगसँगै मून जे-इनको तीन दिने उत्तर कोरिया भ्रमण समाप्त हुनेछ।

सहमति

शिखर बैठकमा छलफलका क्रममा उत्तर कोरियाका नेता किम जङ-अनले आफ्नो देशमा रहेका क्षेप्यास्त्र परीक्षण तथा प्रक्षेपण गर्ने केन्द्र बन्द गर्न सहमत भएको मूनले बताएका छन्। उत्तर कोरियाको सो सहमतिको प्रशंसा गर्दै अमेरिकी विदेशमन्त्री माइक पम्पेओले प्योङयाङलाई परमाणु कार्यक्रमबाट मुक्त गराउने विषयमा उत्तर कोरियासँग पुन: वार्ता गर्न चाहेको बताएका छन्।

तर उत्तर कोरियाली नेता किमले परमाणु निश्शस्त्रीकरणको लागि कुनै समय सीमा तोकेका छैनन्। दक्षिण कोरियाली नेता मून जे-इनले दुई कोरियाली देशबीचको ७० वर्ष लामो शत्रुतापूर्ण र कोरियाली प्रायद्वीपको विभाजित सम्बन्धमा सुधार गर्न सबैले सहयोग गर्नुपर्ने बताएका छन्।

प्योङयाङमा करीव डेढ लाख उत्तर कोरियाली नागरिकहरूको उपस्थितिमा आयोजित भेलामा उनले सो आह्वान गरेका हुन्। उनले उत्तर कोरियाली नेता किम जङ-अनसँग मिलेर सबै कोरियालीहरूका लागि नयाँ पितृभूमि बनाउने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.