Breaking News.... EverestOnlineKhabar
June 26, 2026

निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य: प्रधानमन्त्री

Loading

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरहिन काम गर्ने निर्माण व्यवसायीलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले ‘कम खर्चमा बढी प्रतिफल’ आउने गरी निर्माण कार्यलाई तीव्रता दिन पनि निर्माण व्यवसायीलाई आग्रह गरे । नेपाल निर्माण व्यवसायी महासंघको २० औँ वार्षिक साधारणसभाको बिहीबार काठमाडौँमा उद्घाटन गर्दै उनले जानीजानी कम गुणस्तरको काम गरे सैह्य नहुनेतर्फ पनि निर्माण व्यवसायीलाई सचेत गराए ।

उनले निर्माण व्यवसायीको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै इमान्दार भएर मुलुकको निर्माण कार्यमा जुटनुपर्नेमा पनि जोड दिए । निर्माण व्यवसायीले उत्पादन कार्यलाई बढावा दिने गरी पूर्वाधार निर्माणको काममा केन्द्रित हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले मुलुक आर्थिक विकास, उन्नति र समृद्धिको चरणमा प्रवेश गरेको उल्लेख गर्दै सबै क्षेत्रलाई योजनाबढ ढंगले मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढन पनि आह्वान गरे । उनले सबै ढंगले उत्तम रहेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुव्यवस्थाको रुपमा विकास गर्ने दायित्व पूरा गर्न सबै पक्ष केन्द्रित हुनुपर्ने आवश्यक्ता पनि औँल्याए ।

कार्यक्रममा महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले सार्वजनिक खरिद ऐन, मुलुकी अपराध संहिता (ऐन) लाई व्यवहारिक हुनेगरी संशोधन गर्न सरकारसँग माग गरे । उनले निर्माण व्यवसायीहरुलाई जेल सजाय दिनेसहितको मुलुकी अपराध संहिताबाट व्यवसायीहरु पलायन हुने अवस्था आएको भन्दै त्यसलाई संशोधन गर्न पनि प्रधानमन्त्री ओलीको गम्भीर ध्यानाकर्षण गराए ।

कार्यक्रममा जेष्ठ निर्माण व्यवसायी कृष्णभक्त मानान्धरलाई पनि सम्मान गरिएको थियो । ३ दिनसम्म चल्ने साधारण सभाले महासंघको ३ वर्षे कार्यकालका लागि भावी नेतृत्व चयन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.