![]()
सुनसरी । सुनसरीको भुटाहामा हतियारधारी समूहले एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षको गोली हानी हत्या गरेको छ । सुनसनरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीका अनुसार स्थानीय नेशनल बोर्डिङ स्कुलका व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका भुटाहा गाउँपालिका ३ का मौलाना खुर्खिम आलमको हत्या भएको हो । गोली प्रहार गर्ने भारतीय नागरिक हुनसक्ने आशंका गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीका अनुसार उनीहरुलाई सीमाक्षेत्रमा रोक्न खोज्दा प्रहरीमाथि समेत गोली चलाउँदा एकजना प्रहरी जवान शिव पौडेल पनि घाइते भएका छन् ।


