![]()
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार ‘ए’ डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक गरेको हो । खेल तालिकाअनुसार असोज १३ गतेदेखि सुरु हुने लिगको पहिलो खेलमा विभागीय क्लब त्रिभुवन आर्मी क्लबले न्यु रोड टिम (एनआरटी) प्रतिस्पर्धा गर्ने भएको छ ।
दोस्रो दिन बि्रगेड ब्वइज क्लबले मनाङ मस्र्याङ्दी क्लबको सामना गर्दा मच्छिन्ऽ क्लबले च्यासल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । तेस्रो दिन थ्रीस्टार क्लबले फ्रेण्ड्स क्लब र जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने छन् । यसैगरी चौथो दिन हिमालयन शेर्पाले विभागीय टिम एपीएफ क्लबको सामना गर्नेछ भने अर्को खेलमा सरस्वती युथ क्लब र संकटाबीच प्रतिस्पर्धा हुने भएको छ ।


