![]()
काठमाडौं। आफूले पढाउँदै आएको एक छात्रालाई सामाजिक सञ्जाल ‘फेसबुक’मा आपत्तीजनक म्यासेज पठाएको आरोपमा नार्कका एक जना वैज्ञानिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशु आहार महाशाखा खुमलटार ललितपुरमा कार्यरत मुख्य वैज्ञानिक डा. मेघराज तिवारी रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
कलंकीस्थित ‘हिमालय कलेज अफ एग्रिकल्चरल साइन्स’ मा बिएससी बढ्दै आएकी ती युवतीलाई उनले केही दिनअघि आपत्तिजनक म्यासेज पठाएका थिए । ‘हिमालय कलेज अफ एग्रिकल्चरल साईन्स’ मा डा. तिवारीले वितग १७ बर्षदेखि अध्यापन गर्दै आएका छन् ।
आफ्नै शिक्षकको म्यासेज ती युवतीले रिप्लाई गरिनन् । त्यसपछि उनले ‘कुरा बुझिनौं ?’ भन्दै थप आपत्तिजनक म्यासेज एकोहोरो म्यासेज पठाएका थिए ।
पक्राउ परेका डा. तिवारीबारे साईबर अपराध मुद्धामा अदालतलबाट म्याद लिएर अनुसन्धान शुरु गरिएको छ।


