![]()
एजेन्सी । दक्षिण अमेरिकी मुलुक चिलीमा रहेको डाटा सेन्टरलाई विस्तार गर्नका लागि गुगलले झण्डै १४ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । करोडौँ प्रयोगकर्ताका डाटाहरु सुरक्षण गर्ने गुगलको एकमात्र डाटा सेन्टरको रुपमा रहेको चिलीको उक्त डाटा सेन्टरलाई सुदृढ बनाउन झण्डै १४ करोड डलर लगानी गर्ने गुगलले घोषणा गरेको हो ।
चिलीका राष्ट्रपतिको उपस्थितिमा भएको कार्यक्रममा गुगलले डाटा सेन्टरको क्षमता तेब्बरले वृद्धि गरिने र त्यसक्रममा स्थानीय १ हजार मानिसले रोजगारी पाउने बताएको छ । अर्को महत्वपूर्ण कुरा के भने गुगलको उक्त डाटा सेन्टर अटाकामा मरुभूमिमा रहेको इआइ रोमेरो सोलार प्लान्टबाट उत्पादित नविकरणीय ऊर्जाबाट सञ्चालित हुनेछ ।


