Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

काठमाडौँ । प्रमुख प्रतिपक्ष कांग्रेसले राष्ट्रिय प्राकृतिक स्रोत र वित्त आयोग निर्माणमा संघीय सरकारले गरेको ढिलाईले संघीयता अलोकप्रिय बन्न पुगेको निष्कर्ष निकालेको छ । संविधान दिवसका सन्दर्भमा बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले वित्त आयोग नबन्दा कर निर्धारणको स्वछन्दता बढेको र त्यसले संघीयतालाई अलोकप्रिय बनाएको बताए ।

संविधान जारी भएपछि तीनै तहको निर्वाचन सम्पन्न भई प्रदेश सरकार बनेको सात महिना बित्दासमेत दुईटा बाहेक अन्य प्रदेशको नामकरण हुन नसकेको, प्रदेश राजधानीको टुंगो नलागेको, संघीय सरकार र प्रदेश सरकारबीच द्वन्द्व बढेकोजस्ता क्रियाकलापले संघीयता प्रभावकारी रुपमा कार्यन्वयनमा आउन नसकेको उनको भनाई छ । मधेसी जनताको भावनाअनुसार संविधान संशोधनको प्रकृया अघि नबढाईएको र संविधान कार्यन्वयनमा सरकारको इमानदारिता नेखिएको उनको आरोप छ ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार शान्ति सुरक्षा कायम गर्ने दिशामा असफल भएको प्रवक्ता शर्माको भनाई छ । ‘यो सरकार बनेपछि बितेका सात महिनामा शान्ति सुरक्षाको स्थिति अत्यन्तै बिग्रीएर गएको छ र सरकार सबैभन्दा बढी असफल यो प्रकरणमा भएको छ,’ निर्मला बलत्कार र हत्या प्रकरणतिर संकेत गर्दै शर्माले भने, ‘दोषीलाई जोगाउन र निर्दोषलाई दोषी करार गर्न खोज्ने, न्याय माग्दा गोली चलाउने र अर्को बालक मारिने अवस्था सृजना भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.