Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

एजेन्सी । लिओनल मेस्सीको ह्याट्रिकसँगै बार्सिलोनाले च्याम्पियन्स लिगमा डच च्याम्पियन पीएसभी इन्डोभानलाई हराएको छ । समूह चरणको पहिलो खेलमा बार्सिलोनाले पीएसभीलाई ४–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले ३१ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । कप्तान मेस्सीले फ्रि किकमा गोल गरेका हुन् । बाँकी तीन गोल भने दोस्रो हाफमा भयो । खेलको ७४ औं मिनेटमा डेम्बेलेले गोल गरे । ७७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका मेस्सीदे ८७ औं मिनेटमा ह्याट्रिक कुरा गरे ।

उनको यो करियरको ४८ औं ह्याट्रिक हो । त्यसअघि बार्सिलोनाका डिफेण्डर उम्टिटी दोहोरो पहेँलोसँगै रातो कार्ड पाएर बाहिरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.