Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

काठमाडौं । एसियन फुटबल काउन्सिल (एएफसी) यु–१६ महिला च्याम्पियनसिप छनोटको आफ्नो पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । बुधबार सशस्त्र प्रहरीको हलचोक मैदानमा भएको खेलमा नेपाल फिलिपिन्ससँग ४–० गोल अन्तरले पराजित भएको हो ।

घरेलु टिम नेपालविरुद्ध फिलिपिन्सले सुरुवाती दबाबमा राखेको थियो । पहिलो हारसँगै नेपालले घरेलु मैदानको फाइदा लिन असमर्थ भएको छ । छनोटको पहिलो खेलमा फिलिसपन्सका खेलाडी सामू नेपाली खेलाडी कमजोर सावित भए । फिलिपिन्सको जितका लागि कप्तान मारिया लाजोले लगातार २ गोल गरिन् । उनले खेलको ४२ औं र ४५ औं मिनेटमा गोल गर्दै टिमलाई नेपाल विरुद्ध २ गोलको अग्रता दिलाइन् ।

पहिलो हाफमा २–० को अवस्थामा रहेको खेलमा नेपाली टोलीले पुनरागमन गर्न नसक्दा खेलको ७६ औं मिनेटमा पुनः फिलिपिन्सकी कियन माएका आल्लामोले गोल गरिन् भने खेलको ८२ औं मिनेटमा मिकेला भ्यालेन्सिन लिले उत्कृष्ट गोल गर्दै फिलिपिन्सका लागि निर्णायक गोल गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.