Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

बीबीसी । पाकिस्तानको एउटा अदालतले भ्रष्टाचारको अभियोगमा दोषी ठहर भइ जेलसजाय काटिरहेका पूर्वप्रधानमन्त्री नवाज शरिफलाई रिहा गर्न आदेश दिएको छ। शरिफले जेलसजाय काट्न शुरू गरेको दुई महिनापछि अदालतको आदेश आएको हो।

आमनिर्वाचन भएको केही समयपछि अदालतले गत जुलाइमा भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका शरिफ र उनकी छोरी मरियमविरुद्धको फैसलालाई निलम्बन गरेको छ। पुनरावलोकनलाई लागि उनीहरूले दिएको निवेदनमाथि सुनुवाइका क्रममा अदालतले पछिल्लो आदेश दिएको हो।

दुवैजनाले गलत काम गरेको भन्ने आरोप अस्वीकार गर्दै आएका छन्। शरिफकी क्यान्सरपीडित श्रीमती कुलसूम नवाजको उपचारका क्रममा लण्डनमा निधन भएको एक हप्तापछि अदालतको आदेश आएको छ।

अन्तिम संस्कारमा सहभागी हुन बुवा र छोरीलाई अनुमति दिइएको थियो। तर फेरि उनीहरूलाई जेल पठाइयो। बुधवार अबेर जमानतमा उनीहरू रिहा हुने अपेक्षा गरिएको छ। मध्यलण्डनस्थित चारवटा विलासी सम्पत्तिको स्वामित्वसम्बन्धी भ्रष्टाचारको मुद्दामा गत जुलाइमा शरिफ दोषी ठहर भएका थिए।

उनले आफूविरुद्धको अभियोग राजनीतिक रूपले अभिप्रेरित भएको बताउने गरेका छन्। एउटा अपराध गरेको अभियोगमा मरियमलाई सात वर्ष र मुद्दामा सहयोग नगरेकोमा एक वर्ष जेलसजाय सुनाइएको थियो। मुद्दामा नसघाएको भन्दै शरिफका ज्वाइँ सफ्दर अवानलाई एक वर्ष जेल सजाय सुनाइएको थियो।

तीनैजनाको पुनरावेदनमाथि सुनुवाइ गर्दै बुधवार इस्लामाबाद उच्च अदालतले उनीहरूविरुद्धको फैसला निलम्बन गर्न आदेश दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.