Breaking News.... EverestOnlineKhabar
June 27, 2026

माधव नेपाल घाना प्रस्थान, करिब एक हप्ता अफ्रिकी मुलुकको भ्रमणमा बिताउने

Loading

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमारन नेपाल साताव्यापी अफ्रिका भ्रमणका क्रममा बुधबार घाना प्रस्थान गरेका छन् । स्थायी कमिटी सदस्य पम्फा भुसाल र सांसद बलराम बास्कोटासहित तीन सदस्यीय टोलीको नेतृत्व गरेका नेपाल त्यहाँ आयोजना हुने वामपन्थीहरुको अफ्रिकन सम्मेलनमा सहभागी हुनेछन् ।

सोसलिस्ट पार्टी अफ घानाको आयोजनामा हुन लागेको साम्राज्यवाद र पुँजिवाद विरोधी सम्मेलनमा नेकपाको सहभागिता जनाउन नेपाल त्यसतर्फ प्रस्थान गरेका हुन । नेपालको टोली २५ सेप्टेम्बरमा नेपाल फर्किनेछ । उनी अमेरिकामा आयोजित अन्तर्राष्ट्रिय नेपाली सम्मेलनमा सहभागी भएर एक साताअघिमात्र स्वदेश फर्किएका थिए ।

पछिल्लो समय पूर्वप्रधानमन्त्री तथा बरिष्ठ नेता नेपालले विश्वभरका कम्युनिस्ट तथा सामाजवादी पार्टीहरुको सम्पर्क तथा सम्मेलनहरुमा बढि समय खर्चिन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.