Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

काठमाडौं । संविधान विसको अवसरमा काठमाडौंको माइतीघर मण्डलामा एक सय मिटर अग्लो राष्ट्रिय झण्डा गाडिएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आबद्ध युवा संघ नेपाल र वाइसिएलले माइतीघरमा राष्ट्रिय झण्डा फहराएका हुन् ।

युृवा संघ अध्यक्ष रमेश पौडेल र वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटाले संयक्त रुपमा तीन टन तौल र १०० मिटर अग्लो पोलमा राष्ट्रिय झण्डा फहराएका हुन् । झण्डा र पोलको व्यवस्थापन पुरण गिरी र हरिश गौतमले गरेको पौडेलले बताए ।

यसअघि शहीद दिवसका अवसरमा तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवी माधवप्रसाद घिमिरेले फहराएको माइतीघरको राष्ट्रिय झण्डा पछिल्लो समय च्यातिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.