Breaking News.... EverestOnlineKhabar
October 3, 2026

प्रतिनिधिसभा समिति सभापति निर्वाचन हुने कार्यतालिक सार्वजनिक

Loading

काठमाडौं। संघीय संसद्को सचिवालयले प्रतिनिधि सभा अन्तर्गत रहने १० बिषयगत समितिहरुको सभापति निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ।

संसद् सचिवालयले बुधबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार बिहिबार ११ बजे देखि ५ बजे सम्म समितिमा सभापति हुन चाहने सांसदले कम्तिमा एक जना प्रस्तावक र एक जना समर्थक रहेको उम्मेदवारी प्रस्ताव दर्ता गराउनु पर्ने छ।

यसरी सबै १० वटा समितिमा दर्ता हुन आएको प्रस्ताव दर्ता समय अनुसार मिलाई बिहिबार बेलुका उम्मेदवारको सुची प्रकाशन गरिने छ। यसरी दर्ता हुन आएको प्रस्ताव शुक्रबार ११ बजे बस्ने समितिको बैठकमा दर्ता क्रम अनुसार निर्णयार्थ प्रस्तुत गरिने नियमावलीमा व्यवस्था छ।

जुन उम्मेदवारको पक्षमा समितिको बैठकमा पहिलो बहुमत पुग्छ त्यसलाई नै बिजयी घोषणा गरिने छ । सभापतिमा एक मात्र उम्मेदवार प्रस्ताव दर्ता भए निर्बिरोध घोषणा गरिने ब्यबस्था नियमावलीमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed