![]()
काठमाडौं । मुलुकमा चालु आर्थिक वर्षको २ महिनामा एक सय २० अर्ब रुपैयाँ राजश्व संकलन भएको छ । सरकारले गत वर्षको तुलनामा श्रावण र असार महिनामा मात्रै ३७ प्रतिशत बढि १ सय २० अरव राजस्व संकलन गर्न सफल भएको हो ।
अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा.खतिवडाले दुई महिनामा गत वर्षको भन्दा ३७ प्रतिशत बढि राजस्व संकलन गर्न सफल भएको जानकारी दिनु भएको हो । उहाँले राजस्व संकलनका लागि सरकारले करको दायरा बढाउने नीति लिएको पनि स्पष्ट पार्नु भयो । करको दायरा बढाउने र करमैंत्री कार्यालयको स्थापना गरेर राजस्व संकलनको कामलाई सहज बनाउने काम सरकारले गरिरहेको अर्थमन्त्री खतिवडाको दावी छ ।
सरकारले कर असुलीलाई सहज बनाउन ११ वटा थप कर कार्यालय नै स्थापना गरेको छ । अर्थमन्त्री खतिवडाले स्थानीय तहमा देखिएको कर सम्बन्धी समस्या समाधान हुँदै गएको दावी गर्नुभयो । उहाँले घरजग्गामा लगाइएको कर घटाउन लागिएको जानकारी दिनु भयो ।


