![]()
एजेन्सी । युरोपको प्रतिष्ठित च्याम्पीयन्स लिग फुटबल आजबाट सुरु हुँदैछ । विश्व फुटबलमा चर्चित युरोपियन च्याम्पीयन्स लिग उद्घाटन खेलमा स्पेनिस महारथी बार्सिलोना पिएसभीविरुद्ध खेल्दैछ ।
समूह ‘बि’को पहिलो खेलमा लियोनल मेस्सी र लुइस स्वारेज प्रेरित बार्सिलोना घरेलु मैदान क्याम्प नाउमा पिएसभीविरुद्ध खेल्न लागेका छन् । गत सिजन अपेक्षाकृत नतिजा निकाल्न नसकेको बार्सिलोना र पिएसभीबीचको खेल नेपाली समयअनुसार बेलुका १० बजेर ४० मिनेटमा सुरु हुनेछ ।
गत सिजन क्वाटरफाइनलमा रोमासँग पराजित बार्सिलोना सुखद नतिजा निकाल्ने रणनीतिमा छ । यस्तै सोही समयममा समूह ‘बि’ अन्तर्गतको अर्को खेलमा टोटनह्याम इन्टर मिलानको घरेलु मैदानमा भिड्दैछ । राति पौने १ बजे समूह ‘ए’ को खेलमा क्लब बुग्र घरेलु मैदानमा बोरुसिया डर्टमण्डसँग खेल्दैछ । सोही समूहको अर्को खेलमा एथ्लेटिको मड्रिड र मोनाको भिड्दैछन् । मानोकाको घरेलु मैदान स्टेड लाउसमा खेल पौने १ बजे सुरु हुनेछ । समूह ‘सि’को पहिलो खेलमा नेयमार र एमबाप्पे प्रेरित पेरिस सेन्ट जर्मन पिएसजी मोहमद सलाहको टिम लिभरपुलको सामना गर्दैछ ।
गत सिजन फाइनलमा रियल मड्रिडसँग पराजित लिभरपुल पहिलो जित निकाल्ने रणनीतिका साथ मैदान उत्रिँदैछ । खेल लिभरपुलको मैदानमा पौने १ बजे बजे सुरु हुनेछ । समूह ‘सिको’ अर्को खेलमा नेपोली र रेड स्टार बेलग्रेडबीच पनि खेल हुँदैछ । समूह ‘डि ’ को खेलमा पोर्टो र शाल्केबीच प्रतिस्पर्धा हुँदा अर्को खेलमा लोकोमोटिभ र गारातासारे आमनेसामने हुनेछन् ।
च्याम्पीयन्स लिगमा युरोपका ३२ क्लब सहभागि छन् ।


