Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

बीबीसी । रुसको एक सैनिक विमान बेपत्ता भएको छ । सिरियाको हवाई क्षेत्रमा उडान भरेपछि १४ जना रहेको सैनिक विमान राडारबाट हराएको रुसको रक्षा मन्त्रालयले जनाएको छ ।

भूमध्य सागरको माथि उडिरहेका बेला रुसी आइआइ–ट्वेन्टी विमानसँगको सम्पर्क टुटेको हो । रुसले सन् २०१५ देखि सिरियामा सैन्य आक्रमण गर्दै आएको छ । राष्ट्रपति बसर अल–असदको आग्रहमा रुसले त्यहाँ सैन्य अभियान चलाइरहेको हो ।

सिरियामा गएको सात वर्षदेखि गृह युद्ध चलिरहेको छ । अहिलेसम्म गृह युद्धका कारण तीन लाख ५० हजार भन्दा बढीको ज्यान गएको छ । सिरियाबाट रुसको लाताकिया शहरका लागि उडेको विमान बेपत्ता भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.