Breaking News.... EverestOnlineKhabar
June 26, 2026

चीनमा अध्यक्ष प्रचण्ड र येनान नगरका सेक्रेटरीबीच छलफल

Loading

एजेन्सी । चीन भ्रमणमा रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सान्सी प्रान्तीय कमिटीका स्थायी समिति सदस्य तथा येनान नगर कमिटीका सेक्रेटरी सु सिन्रोङ्गसँग छलफल गरेका छन्। सो अवसरमा अध्यक्षले आफू आफ्नो टोलीलाई चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरुको भ्रमण गराएकोमा येनान नगर पार्टी कमिटी, जनसरकार र जनतामा धन्यवाद ज्ञापन गरे।

सो अवसरमा उनले माओले येनानमा बसेर विकास गरेको जनयुद्ध र नयाँ जनवादी क्रान्तिको कार्यदिशा नै माआत्सेतुङ बिचारधारा भएको उल्लेख गर्दै आफूहरुले यसै विचारको अध्ययन गरी प्रेरित भएको बताए। येनान नगरको अवलोकन गर्दा आफूलाई गौरवान्वित महशुस भएको पनि उनको भनाइ थियो।

अध्यक्षले छलफलका क्रममा चिनियाँ क्रान्तिको ऐतिहासिक भूमिका केवल चिनियाँ जनता र पार्टीको मात्र नभएर संसारभरीकै निम्ति प्रेरणाको स्रोत हो भन्ने कुरा नेपाल कम्युनिष्ट पार्टी र नेपाली जनतामा स्थापित रहेको बताए।  अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थिरता कायम भएको बताउँदै अबको आफूहरुको जिम्मेवारी आर्थिक समृद्धिसहित समाजवादको निर्माण गर्नुरहेको बताए। सेक्रेटरी सु सिन्रोङ्गले सान्सी प्रान्त र येनान नगरको बारेमा संक्षिप्त व्‍याख्या गरेका थिए। उनले अरू प्रान्तजस्तै यहाँ पनि विकासको तीव्रता रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.