Breaking News.... EverestOnlineKhabar
August 20, 2026

सुरक्षा दिन नसकेको भन्दै कांग्रेस सांसदद्वारा गृहमन्त्रीको राजीनामा माग

Loading

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका दोषीलाई पत्ता लगाएर कारबाही गर्न नसकेको भन्दै प्रतिनिधिसभा सदस्य उमा रेग्मीले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेकी छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद रेग्मीले जततातै दण्डहिनताको अवस्था रहेको र ८ महिने शिशुदेखि ७० वर्षीया वृद्धा बलात्कृत भएको अवस्थामा सरकार महिलालाई सुरक्षा दिन र दोषीलाई कारबाही गर्न असफल भएको बताएकी हुन्।

उनले गृह प्रशासन वास्तविक हत्यारा पत्ता लगाउन सक्षम नभएको भन्दै कि वास्तविक हत्यारा पत्ता लगाउन नभए राजीनामा दिन गृहमन्त्री बादललाई चुनौती दिएकी छन्। प्रमुख प्रतिपक्षी दलकी सांसद रेग्मीले देशमा दिनदिनै बलात्कार र महिला हिंसाका घटनामा वृद्धि भएको अवस्थामा सरकार भने सुखी नेपाली समृद्ध नेपाल भनेर जनतालाई ढाँटिरहेको बताइन्।

रेग्मीले निर्मलाका आमाबाबुले न्यायको आश मारेको बताइन्। उनले न्याय नपाइने भयो भनेर उनीहरू काठमाडौं नेता र सरकारको ढोका ढोकामा गएर याचना गर्नुपरेको बताइन्। उनले निर्मलाका आमाबाबुले गोरखाका गंगामाया अधिकारीको नियती भोग्न नपरोस् भनेर सचेत गरिन्। उनले सरकारले बाचा गरेको सुन काण्डका अपराधीलाई कारबाही गर्ने कुरा बाचामै सीमित भएको बताइन्। उनले सुन काण्डमा ठूला माछालाई नछाड्ने भनिएको तर ३३ किलो सुन लुकाउने प्रयाप्त समय दिइएको भन्दै सरकारको सुरक्षा नीति कस्तो हो भन्ने देखिएको बताइन्।

रेग्मीले सरकारले प्रतिपक्षी कांग्रेसलाई सदनबाट सडकमा धकेलेको भन्दै आपत्ती जनाइन्। उनले भनिन्, ‘हामी सदनमा मात्रै बोलिरहेबका थियौँ। त्यतिबेला कानमा तेल हालेर बस्यो। जसले हामीलाई सडकमा धकेलिएको छ।’ उनले पीडितलाई छिटोभन्दा छिटो न्याय दिन माग गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.