Breaking News.... EverestOnlineKhabar
August 20, 2026

Loading

एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई भारतीय टिममा नराखिएपछि एसिसीले बिसिसीआइको कडा आलोचना गरेको छ। एसियाली क्रिकेट प्रतियोगितालाई कमजोर बनाउन भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसीआईनै लागि परेको आईसिसीले आरोप लगाएको हो।

टेलिभिजन प्रसारण राइटको अधिकार पाएको स्टार नेटवर्कले एसिसीसँग विराट कोहली नखेल्दा भारतले प्रतियोगितालाई कम आँकेको देखिएको र आफुले करोडौं मुल्यमा राइट खरिद गरेको तर कुनै एक देशले हल्का रुपमा लिंदा समग्र प्रतियोगितानै कमजोर हुन पुगेको एसिसीसँग गुनासो गरेपछि बिसिसीआईसँग एसिसी असन्तुष्ट देखिएको हो।

यद्यपि, बिसिसीआइले भने प्रतियोगितामा कसलाई पठाउने, को खेल्ने  भने निर्णय गर्ने आफुहरु स्वतन्त्र रहेको जवाफ एसिसीलाई दिएको छ। यद्यपि, धेरैले भारतको यो कदमको खुलेर आलोचना गरेका छन्। प्रतियोगितालाई प्रतियोगिता जस्तो बनाउनु पर्ने भन्दै बिसिसीआईको कडा आलोचना भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.