Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

बीबीसी । नर्थ क्यारोलाइनाको तटीय सहर विल्मिङ्टन बाढीका कारण अन्य राज्यसँग पूर्ण रूपमा सम्पर्क विच्छेद भएको छ। अधिकारीहरूले भित्री तथा बाहिरी सबै बाटोहरू बन्द भएको बताएका छन्।

एक लाख २० हजार जनसङ्ख्या रहेको उक्त सहरलाई राज्यभित्रकै एउटा तटको रूपमा व्याख्या गरिएको छ। बाढीको पानीबाट करिब चार सय मानिसहरूलाई उद्धार गरिएको छ भने धेरैजसो सहरहरूमा बिजुली आपूर्ति बन्द भएको छ।

मौसमसम्बन्धी जानकारी दिने निकायले उक्त क्षेत्रमा अवस्थामा सुधार हुन अझै कम्तीमा दुई दिन लाग्नसक्ने सम्भावना रहेको बताएको छ। उक्त सहरमा शनिवार एउटा पसलबाट सामान चोरिएको आशङ्कामा पाँच जनालाई पक्राउ गरिएपछि त्यहाँ लगाइएको कर्फ्यु लम्बाइएको छ।

फ्लोरेन्स आँधीले प्रभावित पारेको अमेरिकाको नर्थ क्यारोलाइनाका अधिकारीहरूले जीवनको खतरा बढ्दै गरेको भन्दै चेतावनी दिएका छन्। फ्लोरेन्स आँधीका कारण वर्षा भइरहँदा यसले जीवनको खतरा बढाएको भन्दै नर्थ क्यारोलाइनाका गभर्नर रोए कुपरले सचेत गराएका छन्। गभर्नर कुपरले बाढीको खतरा बढेको भन्दै मानिसहरूलाई बाटोहरूबाट टाढै रहन आह्वान गरेका छन्।

शुक्रवारबाट केही मत्थर भएको आँधीका कारण वर्षा भने निरन्तर भइरहेको छ र यो नर्थ क्यारोलाइना हुँदै साउथ क्यारोलाइनातिर अघि बढिरहेको छ।

अहिलेसम्म आँधीसँग सम्बन्धित घटनाका कारण कम्तीमा १५ जनाको ज्यान गइसकेको छ। त्यसरी ज्यान गुमाउनेमा नर्थ क्यारोलाइनाका १० जना छन् भने साउथ क्यारोलाइनाका पाँच जना रहेका छन्।  सञ्चारकर्मीसँग नर्थ क्यारोलाइनाबारे सङ्क्षिप्त कुरा गर्दै गभर्नर कुपरले आँधी अहिलेजस्तो खतरनाक कहिल्यै नभएको पनि बताए।

आँधीको असर पहाडी भेगसम्म पुग्दा पहिरो अझै बढ्ने सम्भावनाप्रति पनि गभर्नरले सचेत गराएका छन्। उक्त राज्यमा उद्धार कार्य जारी रहँदा अहिलेसम्म नौ सयभन्दा बढी मानिसको उद्धार गरिसकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.