![]()
बीबीसी । अमेरिकी सिनेटको न्यायिक समितिकी डेमोक्रेटिक सदस्यले न्यायाधीश ब्रेट क्याभानोलाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि विचार गर्नुअघि पहिला उनीविरुद्ध लागेको यौनदुर्व्यवहारको अभियोगमाथि सङ्घीय जाँच ब्यूरोले अनुसन्धान गर्ने बेलासम्म थाती राख्नुपर्ने बताएकी छन्।
क्रिस्टिन ब्लासी फोर्डले सन् १९८० को दशकको सुरुमा क्याभानोले आफू र आफ्नी अर्की साथीलाई उनको शयनकक्षमा जान र लुगा खोल्न बाध्य पारेको भनी उक्त घटना सार्वजनिक गरेकी छन्। उनले आफूहरूमाथि किशोरी हुँदा त्यस्तो दुर्व्यवहार भएको वाशिङ्टन पोस्ट पत्रिकासँग खुलासा गरेकी हुन्।
तर क्याभानोले भने आफूमाथिको आरोप गतसाता पहिलोपटक सार्वजनिक भएपछि अस्वीकार गरेका थिए। सिनेटको न्यायिक समितिका उच्च अधिकारीहरूले अब क्याभानो र फोर्ड दुवैसँग कुरा गर्ने अपेक्षा गरिएको छ। त्रिपन्न वर्षीय क्याभोनामाथि गत साता उक्त समितिमा सुनुवाइका क्रममा चार दिनसम्म सोधपुछ गरिएको थियो।
उक्त विषयमा पूर्ण मतदानका लागि सिनेट पठाउने की नपठाउने भनेर आउँदो बिहीवार मतदान गर्नुपर्नेछ।


