Breaking News.... EverestOnlineKhabar
June 27, 2026

फिलिपिन्स : शक्तिशाली समुद्री आँधीमा परी ३० जनाको मृत्यु, लाखौं बिस्थापित

Loading

बीबीसी । फिलिपिन्समा शक्तिशाली आँधी सुपर टाइफुन माङ्गखुतका कारण कम्तिमा ३० जनाको ज्यान गएको छ । माङ्गखुत आँधीले फिलिपिन्सको मुख्य आइल्याण्डमा ठूलो क्षति गरेको छ ।

शनिबार निकै शक्तिशाली रुपमा फिलिपिन्सको उत्तरी तटीय क्षेत्रमा ठोक्किएको आँधीका कारण मानवीयसँगै ठूलो भौतिक क्षति भएको हो । सरकारी अधिकारीले आँधीका कारण भएको क्षतिको आँकलन गर्न सुरु गरेका छन् ।

आँधीका कारण धेरै बाटो अवरुद्ध भएका छन् भने सञ्चारका सञ्जालहरुमा ठूलो प्रभाव परेको छ । सञ्चार सम्बन्ध विच्छेद भएकाले ग्रामीण क्षेत्रमा आँधीका कारण भएको क्षतिको विवरण संकलन हुन सकेको छैन ।

तीव्र गतिको हावासहित ठूलो वर्षा गराउँदै आएको माङ्गखुत आँधी अहिले चीनको दक्षिणी क्षेत्र तर्फ लागेको छ । सन् २०१८ को शक्तिशाली आँधी माङ्गखुतको मार्गमा झण्डै ५० लाख मानिसको बसोबास रहेको छ ।

फिलिपिन्सका एक लाख मानिस आँधीबाट जोगिनका लागि अस्थायी सेल्टरमा बसेका छन् । आँधी फिलिपिन्सका क्षति गरेर अघि बढेको छ । अब क्षतिको विवरण संकलन र उद्धारको काम हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.