Breaking News.... EverestOnlineKhabar
June 27, 2026

जापानसँग ऐतिहासिक शान्तिवार्ता गर्न पुटिनको प्रस्ताव

Loading

एजेन्सी । रूस र जापानबीच ‘कुनै पूर्वशर्त विना’ नै ऐतिहासिक शान्तिवार्ता गरेर दोस्रो विश्वयुद्धदेखिको मनमुटाबलाई अन्त्य गर्नुपर्ने मस्कोले प्रस्ताव गरेको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापान र रूसको सीमा क्षेत्रमा जमिनको बिषयलाई लिएर लामो समयदेखि विवाद भएको भन्दै यसलाई वार्ताका माध्यमबाट समाधान गर्नुुपर्ने नयाँ प्रस्ताव ल्याउनुभएको हो ।

यदि दुई मुलुकबीच सम्झौता भएमा रूस र जापानको सीमा क्षेत्रमा रहेको कुरिल टापूको विवाद पनि समाधान हुने अल जजिरा टेलिभिजनले जनाएको छ । दोस्रो विश्व युद्धको अन्त्यपछि जापान र रूसबीच ठूला विवाद नदेखिए पनि दुर्भाग्यबस उनीहरूबीच कुनै सम्झौता भने हुन सकेको छैन ।

पुटिनको प्रस्तावमा जापानी प्रधानमन्त्री सिन्जो आवेले कुनै प्रतिक्रिया भने नदिनुभएको अल जजिराले बताएको छ ।  तर जापानको मन्त्रीमण्डलका पूर्व मुख्य सचिव योसिहिदे सुगाले भने सम्झौता गर्नु पहिले रूस र जापानबीच रहँदै आएका जमिनसम्बन्धी विवादलाई टुङ्गाउनुपर्ने बताउनुभएको समाचारमा उल्लेख छ ।

पुटिन र आवेबीच भौगोलिक सीमानाका बिषयमा यस पहिले पटक पटक छलफल भए पनि ती बैठकहरू विवाद अन्त्य गर्न असफल सिद्ध भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.