Breaking News.... EverestOnlineKhabar
June 27, 2026

अमेरिका : आँधीको बितण्डापछि नर्थ क्यारोलिनामा संकटकाल घोषणा

Loading

बीबीसी । फ्लोरेन्स आँधीका कारण ११ जनाको ज्यान गएको नर्थ क्यारोलिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपदको अवस्था घोषणा गरेका छन् । फ्लोरेन्स आँधीका कारण आएको बाटी तथा हुरीका कारण नर्थ क्यारोलिनामा सबैभन्दा धेरै प्रभाव परेको छ ।

अहिलेसम्म ११ जनाको ज्यान गएको पुष्टि भएको छ भने अझै खतरा रहेको बताइएको छ । फ्लोरेन्सका कारण तीव्र गतिमा चलेको हावाको गति ७२ किलोमिटर प्रतिघण्टामा झरेको छ, तर अझै पनि विनाशकारी बाढी आउन सक्ने चेतावनी दिइएको छ ।

नर्थ क्यारोलिनाका केही क्षेत्रमा पानीको मात्रा दुई फिट भन्दा बढी भइसकेको छ । क्यारोलिनाका झण्डै १० लाख घरमा विद्युत आपूर्ति बन्द भएको छ । राष्ट्रपति ट्रम्पले नर्थ क्यारोलिनाका आठ काउन्टीमा विपदको अवस्था घोषणा गरेका हुन् । अब यी क्षेत्रमा केन्द्र सरकारले सहयोग गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.