Breaking News.... EverestOnlineKhabar
August 17, 2026

Loading

हुम्ला ।  भारतीय राजदूत मन्जिभसिंह पुरी दुई दिनका लागि आफनो परिवारसहित  एक्कासि  हुम्ला पुगेका छन्।  राजदूत पुरी श्रीमतीसहित सिमकोट पुगेका हुन्। परिवारसहित सिमकोट पुगेका राजदूत पुरीले सिमकोट विमानस्थलमा पुग्नेबित्तिकै आफ्ना देशमा कैलाश मानसरोवर जाने धार्मिक पर्यटकलाई सुविधा हुने गरी पूर्वाधार निर्माणमा जोड दिएका छन्।

नेपालगंजबाट हवाईजहाजमा सिमकोट आएका पुरीले जिल्लास्थित सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पौण्डेल, सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाका जनप्रतिनिधिसँग भेट गरेका छन्। राजदूत पुरीसँग ५ जानको टोली हुम्लाको सिमकोटमा पुगेको छ। सदरमुकाम सिमकोट विमानस्थमा पुगेलगत्तै राजदूत पुरीले हुम्लाका लागि भौतिक पूर्वाधार विकासका लागि सहयोग गर्ने वचन दिएका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.