![]()
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको भौतिक र वित्तीय प्रगति विवरण अब मोबाइलमार्फत् हेर्न र लागेको गुनासो राख्न पाइने भएको छ ।
उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको अनलाइन पूर्वाधार व्यवस्थापन प्रणाली ims.susasan.org/dhangadhi लगअन गरेर अथवा मोबाइल एप्सबाट हेर्न सकिने भएको हो ।
योङ इनोभेन्स र धनगढी उपमहानगरपालिकाको सहकार्यमा करीब १७ लाख रुपैयाँको लागतमा सो प्रणाली शुरूवात गरिएको छ । शनिबार एक कार्यक्रमबीच ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् ।


