Breaking News.... EverestOnlineKhabar
June 27, 2026

साउदीमा पहिलो पटक महिलाहरुको लागि खुल्यो पाइलटमा भर्ना

Loading

एजेन्सी । साउदी अरबमा पहिलो पटक महिलाहरुको लागि पाइलट र फ्लाइट एटेडेन्टको भर्ना खुलेको छ ।  रियादको फ्लाइनास एयरलाइनले उड्यनको क्षेत्रमा महिलाहरुको पँहुच बढाउने उदेश्यले यो कदम उठाएको हो ।

भर्नाको सुचना जारी भएको २४ घण्टाभित्र देशभरबाट एक हजारभन्दा बढी महिलाहरुले आवेदन परेको छ ।  फ्लाइनासका प्रवक्ताले आफ्नो कम्पनी साउदीमा चलिरहेको परिवर्तनमा महिलाहरुको पनि महत्वपूर्ण हिस्सेदारी बनाउन चाहेको बताए । उनले एयरलाइन्सको सफलतामा महिलाहरुको महत्वपूर्ण भूमिका हुने बताए ।

साउदी युवराज सलमान बीन साउद आफ्नो भिजन २०३० अन्तर्गत सन् २०३० सम्म साउदी अरबलाई तेल–ग्यास र हज यात्राबाट हुने आम्दानीमा रहेको हालको निर्भरता कम गर्न चाहन्छन् । साथमा उनी अर्थव्यवस्थामा विविधता दिनको लागि निर्माण तथा सेवा क्षेत्रलाई बढावा दिन चाहन्छन् ।

युवराज धेरैभन्दा धेरै मानिसहरुलाई अर्थव्यवस्थाको हिस्सा बनाउन चाहन्छन् भनेर उनको समर्थकहरु भनिरहेका छन् । यसले देशको उत्पादकत्वमा पनि वृद्धी गर्नेछ । तथापी देशका कयैन कट्टरपन्थी हिस्साले युवराजको सुधार प्रयासको आलोचना पनि गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.