Breaking News.... EverestOnlineKhabar
June 27, 2026

अमेरिका : फ्लोरेन्स आँधीका कारण ५ जनाको मृत्यु, १७ लाख बिस्थापित

Loading

बीबीसी ।अमेरिकाका पूर्वी तटीय क्षेत्रमा आएका फ्लोरेन्स नामक शक्तिशाली समुद्री आँधीमा परेर कम्तिमा ५ जनाको मृत्यु भएको छ । आँधीका कारण त्यहाँका ६ लाख घरमा विद्युत् सेवा अबरुद्ध भएको छ ।

उत्तरी क्यारोलिना, दक्षिणी क्यारोलिना र भर्जिनियाको तटीय इलाकाका झन्डै १७ लाख व्यक्तिलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । जोखिमयुक्त क्षेत्रका विमानस्थलहरु बन्द गरिएको छ । यसको बाबजुद कयौं मानिस प्रभावित क्षेत्रमै फसेका छन् । फसेकाहरुलाई उद्दारको प्रयास भइरहेको छ ।

प्रतिघण्टा १ सय १० किलोमिटरको रफ्तारमा आएको आँधीसँगै भीषण वर्षासमेत भइरहेको छ । आँधीका कारण यहाँको जनजीवन अस्तव्यस्त भएको छ । विद्यु्त् आपूर्ति सुचारु गर्न एक हप्तासम्म लाग्ने अनुमान गरिएको छ ।(

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.