Breaking News.... EverestOnlineKhabar
August 17, 2026

निर्माण व्यवसायीलाई प्रधानमन्त्री ओली र प्रचण्डको संयुक्त निर्देशन–‘तोकिएको समयमा काम पूरा गर’

Loading

काठमाडौँ ।  प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी, नेकपाका अध्यक्ष केपी ओलीले निर्माण व्यवसायीलाई तोकिएको समय भित्रै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन् ।

शनिबार काठमाडौँमा आयोजित नेपाल निर्माण व्यवसायी संगठन एकता घोषणा सभामा प्रधानमन्त्री ओलीले समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई ठेक्का दिँदा सरकारले पहिलो प्राथमिकतामा राख्ने घोषणा पनि गरे । उनले मुलुकलाई समृद्ध बनाउने अभिभारा निर्माण व्यवसायीको काँधमा आएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न लागि पर्न पनि निर्माण व्यवसायीलाई सचेत गराए ।

प्रधानमन्त्री ओलीले सरकारले मुलुकको आर्थिक उन्नतिका लागि सम्पूर्ण शक्ति परिचालन गर्ने पनि बताए । उनले सरकारले राम्रो कामको शिलशिला सुरु गरेको उल्लेख गर्दै अब त्यसले गति लिने बेला आएको दाबी पनि गरे । प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक उन्नतिका लागि सरकारले राष्ट्र हित अनुकुल हुने गरी वैदेशिक लगानी भित्रयाउने योजना बनाएको पनि स्पष्ट पारे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई समृद्ध बनाउने अभियानमा प्रतिवद्ध भएर लाग्न निर्माण व्यवसायीलाई आग्रह गरे । उनले निर्माण व्यवसायीको समस्या समाधान गर्न पार्टी र सरकार लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.