Breaking News.... EverestOnlineKhabar
October 3, 2026

नेकपाद्वारा बोगटीको सम्झना : ‘पार्टी एकतालाई निष्कर्षमा पुर्याउँछौं’

Loading

काठमाडौँ।  प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई सृदृढ ढङ्गले सम्पन्न गराएर छाड्ने बताउनुभएको छ ।

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले  पार्टी मुख्यालय धुम्बाराहीमा  गरेको कार्यक्रममा प्रधानमन्त्रीले अहिले पार्टीमा अन्तरविरोध खडा गर्ने, भाँजो हाल्ने प्रयास भइरहेको भन्दै त्यसलाई परास्त गरी पार्टी एकतालाई सुदृढ गराएर छाड्ने बताउनुभएको हो । उहाँले बोगटीजस्ता महान् योद्धाको सपना साकार पार्न पनि पार्टी एकतालाई निष्कर्षमा पुर्याउनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पार्टी एकतालाई भत्काउनका लागि घुसपैठ गर्ने, अन्तरविरोध चर्काउने र दुई अध्यक्षबीच भाँजो हाल्ने प्रयास भइरहेकाले यसबाट सचेत हुनुपर्नेसमेत बताउनुभयो ।

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बोगटी कम्युनिष्ट आन्दोलनको एकताको पक्षमा रहेको भन्दै यदि उहाँ जीवित भएको भए पार्टी एकतामा सबैभन्दा खुशी हुनुहुने थियो भन्नुभयो । प्रचण्डले भन्नुभयो, “उहाँको पार्टी एकताबद्ध गराउनुपर्दछ भनेर भनेका कुरालाई हामीले कदर गर्नुपर्दछ ।”

तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो केन्द्रीय कमिटी बैठकमा बोगटीले नै एमालेसँगको एकता गर्नुपर्दछ भनेर सहमतिसमेत गराएको अध्यक्ष प्रचण्डले स्मरण गर्नुभयो । “त्यतिबेला बैठकमा हामीले एमालेसँग पार्टी एकता गर्ने प्रस्ताव ल्याएका थियौँ” उहाँले भन्नुभयो, “उक्त प्रस्तावलाई बैठकभित्र सहज ढङ्गले उहाँले सहमति गराउनुभएको थियो ।”

बोगटीको २०७१ भदौ ३० गते बोगटीको हृदयघात र मस्तिष्कघातका कारण ६२ वर्षको उमेरमा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed