Breaking News.... EverestOnlineKhabar
October 3, 2026

दाहालको अर्थपूर्ण चीन भ्रमण, चार दिनसम्म चीनमै रहने

Loading

काठमाडौँ ।  सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी, नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल चीन प्रस्थान गरेका छन् ।
अध्यक्ष दाहाल चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चार दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।

चीन प्रस्थान गर्नु अघि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ आफ्नो चीन भ्रमण दुई पार्टीबिचको सम्बन्ध सुदृढ गराउने विषयमा केन्द्रित हुने बताए । अध्यक्ष दाहालले दुई देशका सरकारबिच भएको पछिल्ला सहमति र समझदारी प्रभावकारी कार्यान्वयन गराउन आवश्यक वातावरण बनाउन पनि आफ्नो भ्रमण उपयोगी हुने विश्वास व्यक्त गरे।

अध्यक्ष दाहालले पार्टी संगठनहरुको एकीकरण सम्बन्धी छलफल सकारात्मक दिशामा अघि बढेको र आफू चीनबाट फर्किएलगत्तै आवश्यक निर्णय लिने पनि बताए । दसैँ अघि संगठनहरुको एकीकरणको काम सम्पन्न हुने दावी उनले गरेका छन् ।

अध्यक्ष दाहालले एक हप्ता अघि भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च राजनीतिक भेटवार्ता गरेका थिए । एक हप्ता नबित्दै दुवै छिमेकी मुलुक भारत र चीनमा भएको अध्यक्ष दाहालको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed