Breaking News.... EverestOnlineKhabar
October 5, 2026

साफ च्याम्पियनसिपको उपाधिका लागि शनिबार भारत र माल्दिभ्स भिड्ने

Loading

एजेन्सी ।  साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र माल्दिभ्स खेल्ने भएका छन्। सेमिफाइनलमा पाकिस्तानलाई हराउँदै भारतले माल्दिभ्ससँगको खेल तय गरेको हो।

पहिलो सेमिफाइनलमा माल्दिभ्सले नेपाललाई ३–० ले हराएको थियो। भारतले भने पाकिस्तानलाई ३–१ ले हराएको थियो। पहिलो हाफमा भारतको यू–२३ लाई गोलरहित स्थितिमा रोकेको पाकिस्तानले दोस्रो हाफमा भने रोक्न सकेन। दोस्रो हाफको तेस्रो मिनेटमा मनवीर सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाए। त्यसपछि ६९औं मिनेटमा मनवीर सिंहले नै भारतका लागि दोस्रो गोल गरे। ८४औं मिनेटमा सुमित पास्सीले गोल गरेपछि भारतको अग्रता ३–० मा लम्बियो। ८८औं मिनेटमा पाकिस्तान खेलमा फर्कियो। मोहम्मद अलिले गोल गर्दै पाकिस्तानलाई खेलमा फर्काउन प्रयास गरेपनि थप गोल हुन नसक्दा पाकिस्तान बाहिरिन पुग्यो।

प्रतियोगिताको फाइनल शनिबार हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed