Breaking News.... EverestOnlineKhabar
October 6, 2026

Loading

तिम्रो पाउ धोएर हैन
मैले आफ्नै मन धोएर व्रत बसे स्वामी जी
मेरी आमाले मलाई त्यही सिकाएकी थिइन
मन नधोइ पाउ धुनुको अर्थ रहन्न रे ।

तिम्रो पाउमा चढाउन
मैले त्यस्तो कुनै फूल भेटिन स्वामीजी
मेरी आमाले मलाई त्यही सिकाएकीछन
बर्षभरि मैले गर्ने प्रेम र श्रद्धामा म चुके भने
त्यो फूलको अर्थ रहदैन रे ।

तिम्रो पाउमा अर्पण गर्न
त्यस्तो कुनै फूल भेटिन स्वामीजी
मेरी आमाले मलाइ त्यही सिकाएकी थिइन
एक आपसमा गर्ने प्रेम र बिश्वासमा हामी चुक्यौ भने
त्यो फूलको केही अर्थ रहदैनरे ।

तिम्रो पाउमा अर्पण गर्न
त्य्स्तो कुनै जल भेटिन स्वामीजी
मेरी आमाले त्यही सिकाएकी थिइन
तिम्रा दुःखमा आँशु र खुशीमा हाँसो बन्न सकिन भने
त्यो जलको कुनै अर्थ रहदैन रे ।

तिम्रो पाउमा अर्पण गर्न
त्यस्तो कुनै अमृत भेटिन स्वामीजी
मेरी आमाले त्यही सिकाएकी छन
तिम्रो बेदना पोख्ने काख बन्न सकिन भने
त्यो अमृतको कुनै अर्थ रहदैन रे ।

हिन्दु संस्कार अनुसार तिम्रा लागि व्रत बसे स्वामीजी
साँझको बति बाली जल ग्रहण गर्नुअघि
मन धोएर प्रेम र बिश्वास
तिम्रो पाउमा अर्पण गर्दै छु स्वामीजी

संसारका लाखौं जोडिलाइ स्वच्छ प्रेम मिल्न सकोस
यहि प्रसाद अर्पण गरे स्वामीजी
यहि प्रसाद अर्पण गरे ।
–कविता शर्मा ( शर्मा कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माकी धर्मपत्नी हुन )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed