Breaking News.... EverestOnlineKhabar
June 27, 2026

जर्मनी: ‘पादरीहरूद्वारा ३६०० बालबालिकाको यौनशोषण’

Loading

बीबीसी । जर्मनीका रोमन क्याथलिक पादरीहरूले सन् १९४६ देखि २०१४ सम्ममा कम्तीमा ३६ सय बालबालिकासँग यौनदुर्व्यवहार गरेको खुलेको छ। रोमन क्याथलिक गिर्जाघर आफैँले गरेको एउटा अध्ययनका क्रममा पादरीहरूले त्यस्तो निन्दनीय कार्य गरेको भेटिएको थियो।

सेप्टेम्बर २५ तारिखमा सो अध्ययनको प्रतिवेदन सार्वजनिक गर्ने बताइएको थियो। जर्मनीको रोमन क्याथलिक संस्थाले गरेको छानबिन प्रतिवेदनमा १,६७० पादरीहरूले ३,६७७ बालबालिकामाथि कुनै न कुनै खालको यौनजन्य हिंसा गरेको उल्लेख गरिएको छ।

गिर्जाघरका प्रवक्ताले सो प्रतिवेदनले आफूहरूलाई “निराशा र लज्जाबोध” भएको बताएका छन्। विश्वभरि रोमन क्याथलिक इसाई पादरीहरू दशकौँदेखि यौनहिंसामा संलग्न भएका घटनाहरू सार्वजनिक हुने क्रममा यो सबैभन्दा ताजा घटना भएको बताइएको छ।

अठतीस प्रतिशत आरोपितहरूमाथि मात्र अदालतमा मुद्धा चलाइएको र उनीहरूमध्ये धेरैलाई सामान्य अनुशासनसम्बन्धी कारबाही मात्र गरिएको नयाँ अध्ययनले देखाएको छ। हिंसाका छ मध्ये एउटा घटना बलात्कारको रहेको छ।

हिंसामा परेकाहरूमध्ये अधिकांश १३ वर्ष वा सोभन्दा कम उमेरका बालकहरू रहेका छन्। जर्मनीका २७ इसाई इकाइका ३८ हजार दस्तावेजहरूको सहयोगमा त्यहाँका तीनवटा विश्वविद्यालयले सो अध्ययन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.