Breaking News.... EverestOnlineKhabar
June 27, 2026

अमेरिका: ‘चुनावमा विदेशी हस्तक्षेप रोक्ने प्रयास’

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी चुनावमा हस्तक्षेप गर्न खोज्ने विदेशीलाई प्रतिबन्ध लगाउन सक्ने व्यवस्था गरिएको आदेशमा हस्ताक्षर गरेका छन्। अमेरिकी संसद कंग्रेसको चुनाव आउन आठ हप्ता बाँकी छँदा नयाँ व्यवस्था गरिएको हो।

अमेरिकी कंग्रेसका रिपब्लिकन तथा डिमोक्र्याट सदस्यहरूले पछिल्लो कदमलाई धेरै ढिलो गरेर गरिएको निकै थोरै काम भनेका छन्। उनीहरूले पछिल्लो आदेशले राष्ट्रपतिलाई विदेशी हस्तक्षेपविरुद्ध कारबाही गर्न तजबिजी अधिकार दिने चिन्ता व्यक्त गरेका छन्।

तर अमेरिकी राष्ट्रिय गुप्तचर निकायका निर्देशक ड्यान कोट्सले चुनावको निष्पक्षता सुनिश्चित गर्न पछिल्लो कदम चालिएको बताए। उनले भने, “हामीले चुनावमा कुनै पनि प्रकारको हस्तक्षेप नहोस् भनेर सम्भाव्य सबै कदम चाल्न लागिरहेका छौँ। हामी चुनावसम्म र चुनावपछि पनि सम्भाव्य हस्तक्षेपबारे आकलन गर्ने र त्यसको उपचार खोज्ने प्रक्रियाको थालनी गर्दैछौँ ताकि अमेरिकी नागरिकहरू चुनावको निष्पक्षताबारे ढुक्क हुन सकुन्।”

पछिल्लो अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपलाई लिएर अमेरिकामा चर्को विवाद भएको थियो। त्यो प्रकरणलाई लिएर आजसम्म पनि राष्ट्रपति ट्रम्पको आलोचना भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.