![]()
बीबीसी । भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई दिवंगत पत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको छ। शरिफकी पत्नी कुलसूम नवाजको लन्डनमा अर्बुध रोगका कारण निधन भएको थियो।
कुलसूमलाई अस्पताल भर्ना गरेर पाकिस्तान फर्किएका नवाज शरिफ र उनकोछोरीलाई पक्राउ गरी भ्रष्टाचारको आरोपमा थुनामा राखिएको छ। पाकिस्तानको संसदीय चुनावमा पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल) पार्टीका लागि चुनावी प्रचारका लागि उनी पाकिस्तान फर्किएका थिए।
शरिफ र उनकी छोरी मरयामलाई हवाई जहाजमा राखेर लाहोर पुर्याइएको छ। कुलसूमको दाहसंस्कार लाहोरमा गर्ने कार्यक्रम रहेको पीएमएलले जनाएको छ।
उनीहरु दुवैलाई १२ घण्टाका लागि छाडिएको भए पनि गृह मन्त्रालयले उनीहरुको जमानतको अवधि बढाउन सक्ने रावलपिन्डी केन्द्रीय कारागारले जनाएको छ ।


