Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

एजेन्सी । रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले छिट्टै क्लब प्रशिक्षणमा फर्कने बताएका छन् । रियाललाई लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जिताएको पाँच दिन नबित्दै जिदानले अप्रत्याशित रूपमा क्लबको प्रशिक्षकबाट राजीनामा दिएका थिए।

जिदानले स्पेनिस ला लिगामा सोचेअनुरूपको सफलता हात नपर्दा भन्दा पनि क्लबले जितको लयलाई निरन्तरता दियोस् भन्ने चाहनाले पद छाडेको बताएका थिए।

बेलायतका सञ्चारमाध्यमले जिदान म्यानचेस्टर युनाइटेडको प्रशिक्षकका रूपमा भित्रने उल्लेख गर्दै आएका छन् । युनाइटेडले सिजनको सुरुआतै लगातार खराब लयबाट गुज्रिएकाले प्रशिक्षक जोजे माउरिन्होको ओल्ड ट्राफोर्ड बसाइ अन्योलमा परेको थियो।

जिदानले २०१४ मा रियालको दोस्रो टोलीको प्रशिक्षण सम्हाल्दै प्रशिक्षक जीवनको थालनी गरेका थिए । जिदानले २०१६ मा रियालकै पहिलो रोजाइको प्रशिक्षण सम्हालेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.