Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले सुशासन तथा आर्थिक–सामाजिक विकास सरकारको मुख्य एजेण्डा रहेकोे बताएका छन्। प्रधानमन्त्री ओलीले कृषि, उर्जा र पूर्वाधार विकास गरेर सरकारले मुलुकलाई समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे।

ललितपुरमा आयोजित ‘बेल्ट एण्ड इनिसिएटिभः अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिका लागि दुई छिमेकी मुलुक भारत र चीनसँग पूर्वाधार विकासमा जोड दिइएको पनि स्मरण गराए।

प्रधानमन्त्री ओलीले चीनसँग पारबहनसम्बन्धि प्रोटोकलमा सहमति जुटाएर नेपालले आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि हासिल गरेको पनि स्मरण गराए। उनले तेस्रो मुलुकसँग चीनको भूमि भएर आयात, निर्यात गर्न पाउने दुई मुलुकबीचको पारबहनसम्बन्धि सहमतिले नेपाल भूपरीवष्ठित राष्ट्रको रुपमा मात्रै नरहेको पनि स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले चीन र भारत दुवै छिमेकी मुलुकले नेपालको आर्थिक विकासका लागि रेल सेवा संचालन, लगानी अभिवृद्धि गर्न लागेको पनि उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.