Breaking News.... EverestOnlineKhabar
June 27, 2026

ब्राजिल चुनाव: जेलमा रहेका लुला चुनावमा सहभागी नहुने

Loading

बीबीसी । ब्राजिलको जेलमा रहेका पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले अर्को महिना हुने चुनावमार्फत सत्तामा फर्कने आफ्नो प्रयास त्यागेका छन्। वर्कर्स पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेद्वारमा अब उनको ठाउँमा फर्नान्डो अडाड उठ्ने छन्।

वर्कर्स पार्टीका एकजना नेताले उक्त निर्णय प्रहरी मुख्यालयबाहिर घोषणा गरेका थिए, जहाँ ७२ वर्षीय पूर्व राष्ट्रपति लुला डा सिल्भाले आफूमाथिको जेल सजाय भोगिरहेका छन्। उनी रहेको जेलबाहिर उनका समर्थकमाझ पढेर सुनाइएको पत्रमा ब्राजिलमा सामाजिक न्यायको लडाइँका लागि उनको प्रतिनिधित्व चुनावमा अडाडले गर्ने बताइएको थियो।

उक्त पत्रमा पूर्व राष्ट्रपति जसले सन् २००३ को ज्यानुअरीदेखि सन् २०१० को डिसेम्बरसम्म शासन गरेका थिए उनले आउँदो अक्टोबर महिनामा हुने चुनावमा भाग नलिने बताएका छन्। चुनावी अभियानका लागि वर्कर्स पार्टीले अडाड नै लुला हुन् भन्ने नारा समेत बनाएको छ। सिल्भाले चुनावबाट पछि हट्न गरेको यो निर्णय लामो कानूनी लडाईँ पश्चात् आएको हो।

भ्रष्टाचारको आरोपमा दोषी ठहर भइ १२ वर्ष जेल सजाय सुनाइए पनि र ब्राजिलको निर्वाचनसम्बन्धी उच्च अदालतले सिल्भालाई राष्ट्रपतिमा उठ्न अयोग्य भने पनि उनी चुनावी मत सर्वेक्षणहरूमा अगाडि देखिएका छन्। लुलाका वकिलहरूको टोली र वर्कर्स पार्टीले गत अगस्ट ३१ तारिखमा सुनाइएको अदालतको उक्त निर्णयपछि सर्वोच्च अदालतमा त्यसको पुनरावलोकनका लागि मुद्दा दायर गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.