Breaking News.... EverestOnlineKhabar
June 27, 2026

नाइजेरियाबिरुद्ध लाइबेरियाका राष्ट्रपति नै मैदानमा

Loading

एजेन्सी । लाइबेरीयाका राष्ट्रपति जर्ज वाहले  लाइबेरिया नेसनल टिमबाट नाइेरियाविरुद्ध अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेलेका छन् । ५१ वर्षीया जर्जले राष्ट्रिय टिमबाट खेलेका हुन् । उनको टिम नाइजेरियासँग २—१ गोल अन्तरले पराजित भएको थियो । जर्ज अफ्रिकाको पहिलो खेलाडी हुन् जसले फिफा वर्ष खेलाडीको अवार्ड जितेका थिए । उनले सन् १९९५ मा फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।

उनले १९८७ देखि २००७ सम्म निरन्तर लाइबेरीयाको राष्ट्रिय टिमबाट खेलेका थिए । जर्जले आफ्नो टि—सर्ट नम्बर १४ लगाएर  मैदान उत्रिएका थिए ।

त्यस्तै उनले खेलाडी रहँदा विश्वका चर्चित क्लबबाट स्ट्राइकरको पोजिसनमा खेलेका थिए । एसी मिलान, म्यान्चेस्टर युनाइटेड, चेल्सी, पेरिस सेन्ट जर्मेन (पीएसजी) लगायतका क्लबहरुबाट फुटबल खेलिसकेका छन् । उनी जर्ज लाइबेरीयाको २५ औं राष्ट्रिपति हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.