![]()
काभ्रे । कञ्चनपुरकी निर्मला पन्तको हत्याबारे छानविन गर्न बनेको समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिएकोबारे गृहमन्त्री रामबहादुर थापाले चासो ब्यक्त गरेका छन्।
काभ्रेमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृमन्त्री थापाले केसीको राजीनामा प्रकरणले आफूलाई गम्भीर बनाएको बताए। उनले भने, ‘किन उहाँले राजीनामा दिनुभयो यस विषयमा हामी छानविन गर्छौं।’
यसअघि केसीले सोमबार पत्रकार सम्मेलन गर्दै छानविनमा सक्रिय भए अाफूलार्इ शक्तिशाली समूहले मार्न सक्ने भन्दै जीवन रक्षाका लागि अाग्रह गरेका थिए। उनले अाफू छानविन समितिको सदस्यबाट पनि अलग्गिएको घोषणा गरेका थिए।
प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिवसमेत रहेका उनले समितिको म्याद थप गरिएपछि त्यसमा असन्तुष्टि जनाउँदै राजीनामा दिएको घोषणा गरेका थिए। साथै उनले घटनाका मुख्य अपराधीबाट आफूलाई असुरक्षा भएको पनि बताएका थिए।


