Breaking News.... EverestOnlineKhabar
October 3, 2026

मधेशलाई पहाड र हिमालसँग जोडेर राष्ट्रिय एकता कायम गर्ने पूर्व राष्ट्रपति यादवको योजना

Loading

काठमाडौं। पूर्व राष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रको सुदृढिकरणमा आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। पूर्व राष्ट्रपति यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई लागू गर्न सबैलाई आवश्यक सुझाव दिने भावी योजना पनि सार्वजनिक गरे।

काठमाडौंमा आयोजित बालिबालिकासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै यादवले मधेशलाई पहाड र हिमालसँग जोडेर राष्ट्रिय एकता कायम राख्न पनि आफू समर्पित हुने बताए। कार्यक्रममा बालबालिकाले ‘तपाईको भावी योजना के छ?’ भनी प्रश्न गरेका थिए। जवाफमा पूर्व राष्ट्रपति यादवले राष्ट्रिय एकतामा जोड दिएर राष्ट्रको हितमा लागी पर्ने बताएका हुन्।

यादवले बालबालिकाहरुलाई राम्रो शिक्षा लिएर इमान्दार नागरिक बन्न पनि आग्रह गरे। राम्रो शिक्षासहितको इमान्दार र चरित्रवान नागरिक बने राष्ट्रले आफैं त्यस्ता नागरिकको खोजी गर्नेतर्फ पनि पूर्व राष्ट्रपति यादवले बालबालिकाको ध्यानाकर्षण गराए।

कार्यक्रममा पूर्व राष्ट्रपति यादवले आफूलाई पारिवारिक परिवेशले राजनीतिक क्षेत्रमा लाग्न अभिप्रेरित गरेको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed