Breaking News.... EverestOnlineKhabar
August 17, 2026

भारत: ‘नरभक्षी’ बाघलाई मार्न नदिन अदालतमा निवेदन

Loading

बीबीसी । महाराष्ट्र राज्यमा एउटा नरभक्षी बघिनीलाई मार्नबाट रोकियोस् भनेर दिइएको एउटा निवेदनमाथि भारतको सर्वोच्च अदालतले सुनुवाइ गर्ने भएको छ। अधिकारीहरूका अनुसार केही महिनामै पाँच जनालाई मारिसकेकी एउटी बघिनीलाई समात्न नसकिए मार्ने योजना बनाइएको छ।

तर वन्यजन्तु संरक्षणवादीहरूले भने त्यही बघिनीले मानिसहरूलाई मारेकी हो कि हैन त्यो निश्चित नभएको दाबी गरेका छन्। तीव्र गतिमा वनविनाश हुँदा बाघहरू आरक्षबाहिर आउँछन् र मानिसहरूसँग उनीहरूको द्वन्द्व सुरु हुन्छ।

वन अधिकारीले बताए अनुसार बाघले मान्छे मारेको हो कि हैन निर्धारण गर्न पाइतलाको छाप, डीएनए परीक्षण र स्थानीय गाउँलेहरूको भनाइ जस्ता कुराहरू हेरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.